यातायात व्यवस्था कार्यालय सुर्खेतका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : घुस लिँदै गर्दा पक्राउ परेका सुर्खेत वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर दिपक बमविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बमसहित बिचौलिया निरकबहादुर शाहीलाई समेत प्रतिवादी बनाउँदै आज विशेष अदालत काठमााडौंमा मुद्दा दायर गरेको हो।
गत भदौ १० गते सेवाग्राहीबाट लिएको ३ हजार रूपैयाँ घुस रकमसहित बम र शाही पक्राउ परेका थिए। अनुसन्धानको क्रममा उनीहरूले सेवाग्राहीको ब्लुबुक नवीकरण, जाँचपास नवीकरण र रुट पर्मिट नवीकरणका लागि रकम लिएको पाईएको हो।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले सेवाग्राहीबाट ५३ हजार रूपैयाँ लिएर ४२ हजार ६४० रूपैयाँको मात्रै राजश्व रसिद काटेको र जाँचपास गराउन मेकानिकल इन्जिनियर बमलाई ३ हजार दिएको र बाँकी ७ हजार ३६० रूपैयाँ राखेको पुष्टि भएको जानकारी दिए।
अख्तियारले बमबाट ३ हजार रूपैयाँ र बिचौलिया शाहीबाट १० हजार ३६० रूपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरेको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam