बहुमत आउन गाह्रो भएकोले गठबन्धन गरिएको हो- प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरू मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरू मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।
उनले देशमा प्रतिगमनको खतरा अझैपनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरू एक हुन जरुरी रहेको बताए। उनले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको बताए। प्रधानमन्त्री देउवाले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको
सदुपयोग गर्नुपर्ने बताए। उनले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिए।
‘जो अहिलेको गठबन्धन बनेको छ, यो लण्डन गएको लोकतन्त्र, प्रजातन्त्र छ। त्यसलाई स्थायित्व दिन आवश्यक छ। प्रतिगमनको खतरा अझैपनि छ। त्यसैले अहिले सबै पार्टीहरू एक हुन जरुरी छ। त्यसैले आज गठबन्धनमा सबैले मिल्नु पनि आवश्यक छ। दोस्रो कुरा अहिलेको संविधान अत्यन्त समावेशी संविधान छ। त्यो संविधानमा सबै नेपालीहरू अटाउने ठाउँ छ। साथसाथै कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ’, उनले भने, ‘त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ। यो एउटा संस्कृतिको विकास भएको छ। मिलेर चुनाव लड्ने, मिलेर लोकतन्त्रको सुदृढीकरण गर्ने साथसाथै मिलेर गरिबी हटाउने। त्यो मौका आएको छ। यो हाम्रो लागि ठूलो मौका हो। र चुनौती पनि हो। त्यसैले चुनौतीको सामना गर्दै मौकाको सदुपयोग गरेर हामीले नेपाललाई सच्चा मानेमा गणतन्त्रात्मक, लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्नुछ।’
उनले काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारहरू आपसमा मिलेर गठबन्धनलाई अत्याधिक मतले विजय गराउने विश्वास व्यक्त गरे।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam