गच्छदारसहित आठ उम्मेदवारविरुद्धको रिट खारेज, उम्मेदवारी यथावत्
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित आठ जनाको उम्मेदवारी बदर गर्न माग गर्दै परेको रिट खारेज गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेजको आदेश दिएको हो। यससँगै आठै जनाको उम्मेदवारी यथावत् रहने भएको छ।
अधिवक्ता अनिल आचार्यले गच्छदारसहित आठ नेताको उम्मेदवारी खारेजको माग गर्दै असोज २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ, टेकबहादुर गुरुङ र लक्ष्मी महतो को उम्मेदवारी खारेजका लागि आदेश माग गरेका थिए।
उनीहरूविरुद्ध मुद्दा विचाराधीन रहेको तथा विभिन्न आरोप लागेको जिकिर गरिएको थियो। यसैले उनीहरूलाई चुनाव लड्न दिन नहुने आचार्यको माग थियो।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam