राजु गुरुङको मुद्दाको सुनुवाइ आज

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको छ।

आज यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुने सर्वोच्च प्रशासनले जनाएको छ। 

उक्त इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे उनी रुपन्देही–२ मा उम्मेदवार हुने पाउने छन्। नत्र उनको उम्मेदवारी खारेज सदर हुने छ। 

असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएको छ। 

साथै, उम्मेदवारी खारेज गर्ने निर्णयका सक्कल फाइलसहित उपस्थित हुन निर्वाचन आयोगलाई आदेश दिएको छ। 

निर्वाचन आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो। 

उनी सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थिए। आयोगले उम्मेदवारी खारेजी गरेपछि गुरुङले सर्वोच्च अदालतमा आयोगको फैसला त्रुटिपूर्ण रहेको भन्दै खारेजी माग्दै रिट दिएका थिए। 

TOP