बेलायती प्रधानमन्त्री लिज ट्रसको राजीनामा
लण्डन : बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन्। एक दिनअघि सत्तारुढ कन्जरभेटिभ पार्टीका वरिष्ठ नेताहरूले लिज ट्रसलाई बोलाएर राजीनामा दिन आग्रह गरेका थिए।
उनको मन्त्रिपरिषद्का अर्थमन्त्री र गृहमन्त्रीले यसअघि नै पद त्यागेका थिए। लिज ट्रस प्रधानमन्त्री बनेदेखि नै विपक्षीको निशानामा थिइन्। कर कटौतीको उनको आफ्नै दलका सांसदहरूले आलोचना गरेपछि सरकारले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो।
अब कन्जरभेटिभ पार्टीको नयाँ नेता पुनः निर्वाचित हुने विश्वास गरिएको छ। सत्तारुढ दलका सांसदले चाहेमा भोट हालेर नयाँ नेता चयन गर्न सक्नेछन्। यदि बोरिस जन्सनप्रति बफादार सांसदहरूले कुनै अवरोध खडा गरेन भनेनन् ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री निर्वाचित हुने निश्चितप्रायः छ।
गृहमन्त्री सुएला ब्रेभरम्यानले राजीनामा दिएपछि आफ्नै पार्टीका वरिष्ठ सांसदहरूले ट्रसको राजीनामा माग गरेका थिए। कन्जरभेटिभ सांसद साइमन होरेले आज बिहानै शेल ग्यास ड्रिलिङमा प्रतीकात्मक संसदीय मतदानपछि ट्रस सरकारसँग १२ घण्टामात्रै बाँकी रहेको चेतावनी दिएका थिए।
सुएला ब्रेभरम्यानले आप्रवासीहरूसँग सम्बद्ध एक मस्यौदा कानूनविरुद्ध आफ्नी सहयोगीसँग शेयर गरेकी थिइन्। यो खुलासा भएपछि ब्रेभरम्यानले राजीनामा दिएकी थिइन्। यसअघि बेलायती अर्थमन्त्री क्वासी क्वार्टेङलाई बर्खास्त गरिएको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam