१ लाख ७२ हजारसँग टेलिफोन संवाद गर्दै ओली
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोन संवाद गर्दै छन्। उनीसँग टेलिफोनमा कुरा गर्न १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका छन्।
‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले आफ्नो फेसबुक पेजमा बिहीबार लेखेका छन्, ‘धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ। भोलि हाम्रो कुराकानी हुनेछ। हामी तयार छौं नि ? यो उत्साहपूर्ण सहभागिताले खुसी छु।’
बिहीबार मध्याह्न १२ बजेसम्म आफ्नो विवरण पठाउन सकिने व्यवस्था सचिवालयले गरेको थियो। सचिवालयले छनोट गरेका व्यक्तिसँग ओलीले टेलिफोनमा कुरा गर्नेछन्।
निर्वाचनलाई लक्षित गर्दै ओलीले नागरिसकसँग संवाद गर्न लागेका हुन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam