मंसिर ४ पछि जनकपुर रेलकाे गतिमा विकास हुन्छ : अध्यक्ष ओली
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे मङ्सिर ४ गतेपछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ । अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उहाँले मङ्सिर ४ गते बस्ने जनताको ‘महाअदालत’ ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताउनुभएको हो ।
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेकाे कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताकाे फैसला आफ्नो पार्टीको पक्षमा हुने गरी परिचालित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले गति पाउने आश्वासन दिँदै त्यसका लागि गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब मङ्सिर ४ पछि जनकपुरको रेलभन्दा छिटो विकासको गति अगाडि बढ्छ । राजमार्गकाे गाडीभन्दा छिटो विकासका गति अगाडि बढ्छ । देशको विकासको गति अगाडि बढ्छ । यो सन्देश तपाईँहरूले गाउँ–गाउँमा लिएर जानुहोस् । गाउँ–गाउँमा लिएर गएर महाअदालत बसेर महाफैसला मंसिर ४ गते गर्दैछ ।’
अध्यक्ष ओलीले वर्तमान सरकार काम गर्न नभइ अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने टिप्पणी गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै उहाँले चुनावको बेला जनतालाई अलमल्याउने काम सत्तारूढ दलहरूले गरिरहेको आरोपसमेत लगाउनुभयो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले आफूहरूले निर्वाचन आचारसंहिता विपरीत ‘फ्री भिसा र फ्री टिकट’ को कुरा नगरेको बताउनुभयो ।
अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरू पार्टीले २० वर्षमा गर्न नसकेको काम तीन वर्षमै गरेर देखाएको दाबी गर्नुभयाे । सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको उहाँकाे भनाइ थियाे ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam