सुडानमा अन्तर साम्प्रदायिक हिंसा, १९ जनाको मृत्यु
एजेन्सी । सुडानमा जग्गाको स्वामित्वको विवादपछि भएको अन्तर साम्प्रदायिक हिंसामा कम्तीमा १९ जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार पश्चिम कोर्डोफानको अल लागोवामा भएको यो घटनामा अन्य ३४ जना घाइते भएका छन्।
इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनलाई उद्धृत गर्दै राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले ३६ हजारभन्दा बढी मानिस सहरबाट विस्थापित भएको जानकारी दिए।
ब्लु नाइल राज्यको वड अल माहीमा अन्तर–साम्प्रदायिक हिंसा धेरै स्थानमा फैलिएको छ। हिंसा जारी रहँदा धेरै मानिस मारिएका अपुष्ट रिपोर्टहरू आएको माइग्रेसनको भनाइ छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam