सुर्खेत र धनगढीमा आज सत्ता गठबन्धनको भेला, शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं : सत्तारुढ गठबन्धनले आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा चुनावलक्षित संयुक्त भेला गर्दै छ।
सुदूरपश्चिमको धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको नेकपा माओवादीले समन्वय गर्नेछ। यस्तै कर्णालीको सुर्खेतमा हुने भेला नेपाली कांग्रेसको समन्वयमा हुँदैछ।
दुवै ठाउँको भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। भेलामा सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता धनगढी र सुर्खेत पुग्दैछन्।
शुक्रबारदेखि प्रदेशस्तरीय संयुक्त भेला सुरु गरेको गठबन्धनले प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ।
सोमबार माओवादी केन्द्रको समन्वयमा काठमाडौंमा संयुक्त भेला गर्नेे तयारी छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam