भारतमा लकडाउन फेरी दुई हप्ता थपिने

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि भारत सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरूबीच हिजो भएको करिब चार घण्टा लामो छलफलपछि लकडाउनको अवधि बढाउने निश्कर्षमा भारत सरकार पुगेको हो ।

बैठकमा बन्दाबन्दी बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

’प्रधानमन्त्रीले बन्दाबन्दी बढाउने सही निर्णय लिनु भएको छ’, ट्वीटरमा उनले लेखेका छन्। भिडियो मार्फत गरिएको छलफलका निष्कर्षहरूलाई औपचारिक रूपमा घोषणा भने गरि नसकिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

TOP