रहिनन् पूर्वसांसद मैयादेवी
काठमाडौं : पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति उनको निधन भएको हो।
उनी श्वासप्रश्वासको समस्या देखिएपछि गत शुक्रवारदेखि अस्पतालमा थिइन्। उपचारका क्रममा श्रेष्ठको निधन भएको उनका धर्मपुत्र टंकनाथ पौडेलले जानकारी दिए।
२००३ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनी २०४८ को निर्वाचनमा तत्कालीन गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्।
नेपाल आमा सम्मानबाट सम्मानित उनी चितवनस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक थिइन्। धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति एक अर्बभन्दा माथि छ।
उनको पार्थिव शरीर शनिबार बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने बताइएको छ। यसपछि उनी संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए।
विसं १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा जन्मिएकी श्रेष्ठ अविवाहित रहिन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam