६ दिनको यमपञ्चक : तिहारको बिदा पाँच दिन, सरकारी कार्यालय एक साता बन्द
काठमाडौं : यमपञ्चक ! यो शब्दले यमराजसँग सम्बन्धित ५ दिन भन्ने बुझाउँछ।
पहिलो दिन काग तिहार। दोस्रो दिन कुकुर तिहार। तेस्रो दिन गाई पूजा र लक्ष्मी पूजा। चौथो दिन गोवर्द्धन पूजा वा गोरु पूजा। अन्तिम दिन भाइटीका। यमपञ्चकको क्रम यही हो।
तर यो वर्ष यमपञ्चक ६ दिनको भएको छ। तिथि घटबढका कारण यस्तो हुने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी बताउँछन्।
‘यो वर्ष मात्र नभई पहिले पनि कुनै कुनै वर्ष यस्तो स्थिति हुन्थ्यो’, उनी भन्छन्, ‘यो वर्ष त्रयोदशी शनिबार अपराह्न नै लागेकाले यस्तो भएको हो।’
यो वर्ष यमपञ्चक शनिबार शुरु भयो तर काग तिहार आइतबार मनाइँदै छ। यमदीपदान भने शनिबार साँझ नै गरियो।
त्रयोदशी दिउँसो शुरु भएर आइतबार दिउँसो नै सकिने भएकाले यस्तो भएको हो। नभए बिहान कागको पूजा गरेर त्यही दिन साँझ यमदीपदान गर्ने विधि हो।
सोमबार चतुर्दशीमा कुकुरको पूजा गरिँदैै छ। तिथि घटबढकै कारण लक्ष्मी पूजा सोमबार साँझ नै गरिँदै छ।
सोमबार अपराह्न नै औँसी लागिसक्छ। औँसी तिथिको सूर्योदय हुने मंगलबार अपराह्नमै यो तिथि सकिन्छ। अधिकारीका अनुसार त्यसैले अघिल्लो दिन नै लक्ष्मी पूजा गर्न लागिएको हो। औँसीको बिहान गाई पूजा मंगलबार नै गरिँदै छ।
बुधबार कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन र गोरु पूजा गरिँदै छ। त्यही दिन नेपाल संवत् ११४३ लाग्ने भएकाले नेवार समुदायले म्हपूजा गर्नेछ। बिहीबार द्वितीया तिथिका दिन भाइटीका गरिँदै छ।
एक साता बिदा
तिहारका लागि भनेर सरकारले यो वर्ष ५ दिन सार्वजनिक बिदा दिएको छ, सोमबारदेखि शुक्रबारसम्म। २ वर्षअघिसम्म सरकारले तिहारको बिदा ३ दिन मात्र दिने गरेको थियो। लक्ष्मी पूजादेखि भाइटीकासम्म।
तिथिको घटबढ भएको अवस्थामा पनि ४ दिनभन्दा बढी बिदा हुँदैनथ्यो। तर यो वर्ष लक्ष्मी पूजादेखि भाइटीकासम्म ४ दिन हुन्छ। २ वर्षअघिदेखि सरकारले भाइटीकाको भोलिपल्ट एक दिन बिदा थपेको छ- तिहारको बिदाका नाममा। त्यसैले यो वर्ष तिहारको बिदा ५ दिन दिइएको छ।
यसपछि पनि कार्यालय खुलिहाल्ने छैनन्। किनभने भाइटीका पछिको दोस्रो दिन शनिबार परेको छ। आइतबार छठ पर्व परेकाले सरकारी कार्यालय सोमबार मात्रै खुल्नेछन्।
तिहार सकिएपछि त्यसैको नाममा बिदा किन?
वर्षभरिको सार्वजनिक बिदाको निर्णय गृह मन्त्रालयले गर्छ। अर्को वर्षको बिदा अघिल्लो वर्ष पञ्चांग निकाल्ने वेलाअघि नै तय भइसक्छ।
तिहार सकिएपछि तिहार बिदा भनेर दिने क्रम अघिल्लो वर्ष शुरु भएको हो। अघिल्लो वर्ष पटके बिदाको नाममा दिइएको बिदालाई यो वर्ष पनि कायम गरेको गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलले जानकारी दिए। उनले भने, ‘अघिल्लो वर्ष किजापूजाको नाममा दिइएको बिदा यो वर्ष पनि निरन्तरता दिइएको हो।’
पञ्चांग निर्णायक समितिले निकालेको पात्रोको तिथिप्रति नेवार समुदायले असहमति जनाउँदै आएको छ। तिथिमा घटबढ भएको वर्ष नेवार समुदायले अर्को दिन भाइटीका(किजापूजा) लगाउँदै आएको छ।
आफ्नै निकायले निकालेको पञ्चांगमा हरेक वर्ष हुने विवादलाई बढाईरहनुको साटो एक दिन बिदा थपिदिन नै सहज हुने देखेर सरकारले बिदा थप गरेको बुझ्न सकिन्छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam