आज प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना
काठमाण्डाै – आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको हो।
राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । केही दिनदेखि देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ ।
अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको मौसमविद्को भनाइ छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam