दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड : १५१ जनाको मृत्यु
एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको छ।
गएराति एक कार्यक्रममा भएको घटनामा १५० जनाभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।
भागदौडका क्रममा ५० जनालाई हृदयाघात भएको अनुमान गरिएको छ। घाइतेको उद्धारका लागि १४० भन्दा बढी प्राथमिक उपचारका गाडी घटनास्थलमा पठाइएको थियो।
भागदौड भएको केही समयपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले आकस्मिक बैठक बोलाएर घाइतेहरूलाई अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, दुर्घटना व्यवस्थापनको मुख्यालय स्थापना गर्न र मृतकको पहिचान गर्न निर्देशन दिएका छन्। साथै उहाँले घटनाबारे छानबिन गर्न अधिकारीहरूलाई भनेका छन्।
कार्यक्रममा करिब एक लाख मानिसले भाग लिएको जनाइएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam