दुर्गम पहाडी आठ जिल्लामा पुग्यो मतपत्र
काठमाडौं निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी आठ जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्याएको छ ।
गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णालीको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री पुगेको आयोगले जनाएको हो।
आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री दिनहुँ विभिन्न जिल्लामा ढुवानी गरिरहेको छ।
यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्री पठाएको आयोगले जनाएको छ। यद्यपि ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको बताइएको छ।
आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा र स्वस्तिक छापलगायत सामग्री पठाइरहेको हो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam