भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको ज्यान गयो
एजेन्सी । भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ ।
मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खाेलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ ।
पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ । घाइते भएका ७० जनालाई अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ ।
पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री राहत कोषबाट पनि ज्यान गुमाएकाका परवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा भएको खबरमा उल्लेख छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam