‘नो नट अगेन’ का अभियन्तालाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरुद्ध रिट
काठमाडौं : निर्वाचन आयोगले ‘नो नट अगेन’ का अभियन्तालाई साइबर क़ानूनअन्तर्गत कारबाही गर्न दिएको निर्देशनविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट हालेका छन्।
आयोगले प्रेस विज्ञप्तिमार्फत दिएको निर्देशनविरुद्ध अधिवक्ता त्रिपाठीले २०७९ कात्तिक १४ गते सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
आयोगले ‘नो नट अगेन’ अभियानका अभियन्ताहरूलाई यससम्बन्धी फेसबुकलगायत सबै सामाजिक सञ्जाल तत्काल हटाउन/बन्द गर्न कात्तिक ८ गते निर्देशन दिएको थियो। नहटाएमा साइबर कानूनअन्तर्गत कारबाही गर्ने चेतावनी दिएको थियो।
‘आयोगले प्रेस विज्ञप्ति जारी गर्दै मतदाताहरूलाई संविधान प्रदत्त मौलिक हकको उपभोगमा अवरोध तथा कुण्ठा उत्पन्न भई अपूरणीय क्षति पुग्न जाने हुँदा यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त प्रेस विज्ञप्ति कार्यान्वयन नगर्नु नगराउनु, सो आधारमा कुनै पनि नागरिकलाई यससम्बन्धी विषयलाई लिएर धरपकड एवं मुद्दा नचलाउन अन्तरिम आदेशसमेत जारी गरी पाउँ’ अधिवक्ता त्रिपाठीको रिट निवेदनमा उल्लेख छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam