घोषणापत्रमा ओलीको प्रष्टीकरण : संसद विघटन बाध्यता
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नु आफ्नो बाध्यता रहेको बताएका छन्।
मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै ओलीले प्राप्त जनादेश खण्डित भएपछि जनताका बीचमा जानुपरेको उल्लेख गरेका छन्।
‘जनादेश विपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए। पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा, प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो।’ घोषणापत्रमा उल्लेख गरिएको छ, ‘प्राप्त जनादेश खण्डित भइसकेपछि पुनः सार्वभौम जनताको बीचमा जानु र ताजा जनादेशका आधारमा समस्याको समाधान खोज्नु स्वभाविक एवं लोकतान्त्रिक विधि थियो। तर त्यसो हुन दिइएन।’
अदालतको चरम दुरुपयोग र संविधानको अपब्याख्या गरेर जनादेश विस्थापित गरी परमादेशबाट शासन चलाउने घातक अभ्यास थालनी गरिएको एमालेको आरोप छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam