मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डाैमा वितरण गर्ने तयारी
काठमाण्डाै – बर्खामा बाँध बन्द गरेर रोकिएको मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डाैमा वितरण गर्ने तयारी भएको छ । दशैँलगत्तै पानी पठाउने भनिए पनि स्थानीय बासिन्दाका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको काम नसकिएकाले मेलम्चीको पानी वितरणमा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
यसपालि बर्खामा बाढीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँधबाटै पानी रोकेको थियो । मेलम्चीको बाँधतर्फ जाने १३ किलो मिटर सडक गएको वर्षदेखि नै बिग्रिएको थियो । मेलम्ची पुल बजारदेखि अम्बाथानसम्म भत्किएको सडकको केही भाग पालिकाले मर्मत गरे पनि हेलम्बुदेखि झण्डै चार किलो मिटर सडक अझै मर्मत हुन सकेको छैन ।
यो सडक बाढीले बगाएको छ । आयोजनाका गाडी र कामदार ओहोरदोहोर गर्ने सडक बिग्रिएकाले मेलम्चीको पानी पठाउन कठिन भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रमुख कमलराज श्रेष्ठले बताउनुभयो। झण्डै दुई वर्षअघि मेलम्चीको पानी काठमाण्डाै ल्याइएको थियो । २०७८ सालको असार १ र १५ गतेको बाढीले मेलम्चीको बाँधमा क्षति पुर्याएको क्षति झन्डै सात महिना लगाएर समाधान गरिएको थियो । तर, त्यसयता भने नियमित पानी आएको छैन।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam