वर्षौदेखि बन्यो चुनावी एजेन्डा, बनेन् पुल
किरणमान बज्राचार्य, कपिलवस्तु ।
कपिलस्तुतुका बाणगगां नदी अन्तर्गत महाराजगंज नगरपालिका – १० को हदौनामा पुल बनाउने कुरा बर्षौ देखि चुनावी एजेन्डा बन्दै आएको छ। पंचायत काल बहुदल काल संघीय लोकतान्त्रिक ब्यवस्था काल लागे पछि अहिले सम्म हर्दौनामा पुल बन्न सकेको छैन। हरेक पटक चुनावमा उम्मेदवारहरुले हर्दाैना र यशोधरा गाउपालिका – ८ स्थित ईटवा सुल्तनवापुर जोडने पुल बनाउने आवश्वास दिदै आएका छन्। तर अहिले सम्म त्यहा पुल बन्न सकेको छैन।
पुल नहुदा ढुंगामा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन। अब बन्छ मलाई जिताउनु भन्दै मत माग्न उम्मेदवारहरु हरेक पकट आउछन्। जिते पछि बिर्सिन्छन्। अहिले हर्दौनाबासी यसरी नै दुखेसो पोख्ने गरेका छन्। ‘हर्दौनामा पुल बने यस क्षेत्रको कायापटक नै हुन्छ ’ ७० बर्षिया स्थानीय चिन्नीलाल बढई भन्छन् ‘तर नेताहरुले पुल कै बाहानामा कैयो पटक भोट तानेर हामीलाई मुर्ख बनाएका छन्।’ आफु सानो छदै यहा पुल बन्ने कुरा बारम्बार उठदै आए पनि अहिले सम्म बन्न नसेको उनले गुनासो गरे। तत्कालीन हर्दौना गाबिस र अहिले महाराजगंज नगरपालिदका वडा नम्बर १० मा ५ गाउ पर्छन। यो भारतसम्म सिमा जोडिएको क्षेत्र पनि हो। हर्दौना देखि उत्तरमा कजारहा हँुदै गैडाहवा सम्म पक्की बाटो छ। हदौनामा पुल बने सदरमुकाम तौलिहवा जान निकै छाटो बाटो हुन्छ। हदौनामा पुल बने हर्दौना मात्र होईन जिल्ला कै विकासले फडको मार्ने बताउछन्।
बाणगंगा नदीको लक्ष्मणघाट, रामघाट बिजगौरी र बर्गदीघाट पुल बनेर संचालनमा आई सकेको छ। तर हर्दोनामा भने अहिले सम्म आश्वासन बाहेक केही नपाएको चिन्नीलाल बताउछन्। लगातार चार पटक सांसद जितेका बृजेश कुमार गुप्ता, नेता सुरेन्द्रराज आचार्य अहिले सो क्षेत्रमा आमनेसामने छन्। दुबै नेताले पनि यस अघिको २०७४ सालको निर्वाचनमा हदोैनामा पुल बनाउने एजेन्डा लिएर गाँउ पसका थिए। सांसद गुप्ताले चौथो पटक सांसद जिते पनि पुल बनाउन नसकेको चिन्निललो बताए। अहिले फेरी दुबै उम्मेदवारले हदौनामा पुल बनाउने कुरा उठाएका छन्। तर हर्दौनाबासी भने यहा पुल बन्छ भन्ने कुरा आश नै मारेको बताउछन्।
हदौनाका अर्का स्थानीय ६५ बर्षिय लालता यादवले नेताहरु गाँउमा पुल बनाउने र नदीको बाहाव मोडने भन्दै पटक पकट भोट माग्न आए पनि निर्वाचन पछि सबैले बिर्सिने गरेको बताए। पुल नहुँदा जोखिम पुर्ण यात्रा मात्र होईन बाढीको अति जोखिममा परेको हर्दौना गाँउ रहेको उनले बताए। आफुलाई जानकारी भए सम्म गाउमा अहिले सम्म ७ पटक भन्दा बढी नदी पसेर लाखौको जनधनको क्षति भएको छ। बाढीले गर्दा अहिले सम्म यस क्षेत्रका ७ जना बढीले ज्यान समेत गुमाई सकेका छन्।
नदीले बाहाव परिवर्तन गर्दा गाँउको २ सय बिघा भन्दा बढी जमिन बगरमा परिणत भएको लालतले बताए। नदीको पश्चिम पट्टी रहेको आफनो ४२ बिघा जमिन बगरमा परिणत भएकोले अहिले आफुलाई परिवार पाल्न र्नै धौ धौ भएको उनले बताए। केही महिना अघि आएको बाढीले पश्चिम पट्टी २५ मिटर भन्दा बढी कटान गरेको छ। नदी कटान रोक्न राखिएको सबै पोलहरु समेत बाढीले भत्काएर क्षति गरेको छ। पुल नबन्दा र नदीको बाहाव परिवर्तन गर्ने कार्य नहुदा हदौनाबासी आक्रोसित बनेका छन्।
उनीहरुले आफुहरु यस पटक नेताको आश्वासनमा नफस्ने बताउछन्। ठोस प्रतिबद्धता सहीत पु्ल बनाउने र नदीको बहाव परिवर्तन गर्ने गरी काम अघि बढाउनेलाई मतदान गर्ने हर्दौनाबासीको भनाई छ। उता कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आचार्यले आफनो पहलमा बाण्गंगा नदीको सिचाई तटबन्ध लगायतका कामकालागि ६ अब बढीको बजेट स्वीकृत गराएको दाबी गरे। यस पटक आफु निर्वाचित भए हर्दौनाबासीको चाहना र सपना पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे।
उता पाचौं पटक जितकालागि एमालेबाट उम्मेदवार बनेका बुजेश कुमार गुप्ताले पुल निर्माणकालागि आफुले सक्दो पहल गरेको र स्वायल टेस्टको काम पनि भएको बताए। उनले केही प्राबिधिक कारणले हदौनामा पुल बन्न नसकेको र आफुले चाडै नै पुल बनाउनकालागि ठोस पलह गर्ने बताए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam