काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि बिहीबारदेखि प्रचारप्रसार गर्न सकिने भएको छ ।
निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ ले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ–संगठनलगायतले प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ।
दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सक्ने व्यवस्था छ।
आयोगले आचारसंहिता प्रतिकुल हुनेगरी गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षसँग आग्रह गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam