फिलिपिन्समा आँधीबाट १ सय ५० जनाको ज्यान गयो, ३६ जना बेपत्ता
एजेन्सी । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता छन् ।
हिजो आएको पाएङ नामको आँधीबाट मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अति प्रभावित भएका छन् । आँधीले ३९ लाख नागरिक प्रभावित भएका छन् भने ४ सय ९९ सडकमा क्षति पुगेको छ । त्यसैगरी १ सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् ।
आँधीका कारण राजधानी मनिलासहित १७ क्षेत्रका ३१ हजार ९ सय ४२ गाउँका १८ लाख १२ हजार ७ सय ४० जना नराम्ररी प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । आँधीसँगैको बाढीका कारण कम्तीमा १ लाख १३ हजार ४ सय ८ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ । त्यहाँ ११ हजार ७ सय ६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam