एजेन्सी । टी-२० विश्वकप क्रिकेटमा आयोजक अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले पराजित गरेको छ। एडिलेडमा आज भएको निकै रोमाञ्चक र आफ्ना लागि ‘गर या मर‘ जस्तै रहेको प्रतिस्पर्धामा घरेलु टोली अष्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेको हो।
पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो र ४ रनले पराजित हुन पुग्यो। अफगानिस्तान भने यो खेलअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।
अफगानिस्तानका लागि ७ खेलाडी आउट भएपछि क्रिजमा आएका राशिद खानले अविजित रहँदै ४८ रन बनाए। २३ बलको सामना गरेका उनले आफ्नो इनिङमा ३ चौका र ४ छक्का प्रहार गरे।
गुलबदिन नाइबले ३९ रन जोड्दा रहमानुल्लाह गुरबाजले ३० रन जोडे। इब्राहिम जाडरानले २६ र डार्विस रसुलले १५ रन बनाए।
अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए।
पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अविजित रहेर ५४ रन बनाए। उनको अर्धशतकीय इनिङसँगै मिचेल मार्शले ४५ रन हिर्काए। अलराउन्डर मार्क्स स्टोइनिस र डेभिड वार्नरले २५/२५ रन बनाएका थिए।
अफगानिस्तानका लागि नभिन उल-हकले ३ विकेट र फजलहक फारुकीले २ विकेट लिए।
घरेलु टोलीले यो खेल निकै ठूलो अन्तरले जित्नुपर्ने थियो। जितबाट अंक जोडे पनि कंगारुको सेमिफाइनलमा पुग्ने सम्भावना भने शनिबार (भोलि) हुने बेलायत र श्रीलंकाबीचको खेलमा समेत निर्भर हुनेछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam