नेपाली भूमि फिर्ता ल्याउने देउवा र ओलीको आश्वासन, तर एकआपसमा आरोप–प्रत्यारोप
काठमाण्डाै – प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अतिक्रमणमा परेका नेपाली भूमि फिर्ता ल्याउने आश्वासन दिएका छन् । हिजो डडेल्धुराको गन्यापधुरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अतिक्रमित नेपालको भूमि कुटनीतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो ।
आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद कुटनीतिक पहलका आधारमा समाधान गर्ने बताउनुभयो ।
हिजै दार्चुलामा भएको चुनावी सभामा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभयो ।नेपालको एक इन्च भूमि पनि मिचिन नदिने र अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने उहाँको भनाइ थियो ।
आफ्नो नेतृत्वको सरकारले गुमेको भूमि नक्सामा समेटेर भारतलाई पत्राचार गरे पनि वर्तमान सरकारले यसबारे बोल्न नसकेको उहाँको आरोप थियो । दार्चुलाबाट ओलीले यस्तो आरोप लगाउँदा डडेल्धुराबाट प्रधानमन्त्री देउवाले भाषण गरेर मात्र नेपाली भूमि फिर्ता नआउने बताउनुभयो ।
सीमा समस्या दुई देशबीच हुने मित्रवत् व्यवहारले मात्र समाधान हुन सक्ने भन्दै देउवाले राजनीतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नहुने बताउनुभयो । कुटनीतिक माध्यमबाट फिर्ता ल्याउनको लागि पहल भइरहेको देउवाको भनाइ थियो ।
तीन वर्षअघि ओली सरकारको पालामा दार्चुला जिल्लाभित्र पर्ने नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समावेश गर्ने ऐतिहासिक निर्णय भएको थियो । तर नक्सा कार्यान्वयन र कालापानीबाट भारतीय सेना फिर्ता पठाउने सवालमा भने खासै उपलब्धि हुन सकेको छैन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam