सर्लाही : सर्लाहीमा नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिने र उनका प्रस्तावक तथा समर्थकलाई पार्टीले निष्काशन गरेको छ।
पार्टीको मधेश प्रदेश कमिटीका इन्चार्ज गणेश साहले सर्लाहीका ११ जना नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका हुन्। कारबाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार र बाँकी ६ जना उनीहरूका प्रस्तावक तथा समर्थक हुन्।
५ दलीय गठबन्धनविरुद्ध सर्लाही क्षेत्र नं. १ (ख) बाट राजनकुमार श्रेष्ठ र क्षेत्र नं. ३ (क) बाट जवाहरलाल कुशवाहलाई पार्टीले कारबाही गरेको छ। श्रेष्ठले बागी दिएको क्षेत्र नं. १ (ख) मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र कुशवाहले बागी दिएको क्षेत्र नं. ३ (क) बाट समाजवादीकै डिल्लीप्रसाद उप्रेतीको उम्मेदवारी परेको छ।
सर्लाही क्षेत्र नं. ४ (ख) बाट बागी उम्मेदवारी दिने तीनजना नेता महेन्द्र राय, श्रीचन राय र अनिता देवीलाई पनि कारबाही गरी पार्टीबाट निष्काशन गरिएको छ। ४ को (ख) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकै फकिरा महतोले उम्मेदवारी दिएका छन्। माओवादीले बागी उम्मेदवारका प्रस्तावक तथा समर्थक भूपेन्द्रमान श्रेष्ठ, रामबाबु राय, जितलाल राय, कपल सहनी, रामवचन राय र उपेन्द्र यादवलाई पनि पार्टीबाट निष्काशन गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam