एजेन्सी । पाकिस्तानी सरकारले टिभी च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको समाचार तथा भाषण प्रसारणमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले देशका सबै टिभी च्यानलमा खानको समाचारमा प्रतिबन्ध लगाएको हो।
उनले गर्न लागेको भनिएको ‘प्रेस कन्फ्रेन्स’ पनि प्रसारण नगर्न पेमराले सूचना जारी गरेको छ। अवज्ञा गर्ने टिभी च्यानलको लाइसेन्स सोझै खारेज हुने चेतावनी पनि दिइएको छ। पेमराले खानले कानूनविपरीतका अभिव्यक्ति दिएकाले यो निर्णय लिएको जनाएको छ।
यसैबीच प्रधानमन्त्री शहबाज सरिफले प्रधानन्यायाधीशलाई गत बिहीबार ‘लङ मार्च’मा खानमाथि भएको आक्रमणको छानबिन गर्न पूर्ण अदालत आयोग गठन गर्न निर्देशन दिएका छन्। पाकिस्तान तहरीक–ए–इन्साफले प्रधानमन्त्रीसहित गृहमन्त्री र मेजर जनरल लङ मार्चको घटनाको जिम्मेवार रहेको आरोप लगाएको छ।
प्रधानमन्त्री शरीफले पीटीआईले लगाएको आरोपकोथोरै पनि प्रमाण फेला परेमा आफूले सदाका लागि राजनीति छोड्ने बताएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam