काठमाडौैं : गण्डकी प्रदेशलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको छ।
आज भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराउँदै ४ अंक जोडेर सेमिफाइनलको सम्भावना कायम राखेको हो।
आर्मीले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकी ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो। गण्डकीका समिर कडेलले सर्वाधिक ३९ र कप्तान विपिन खत्रीले १९ तथा अर्जुन कुमालले १४ रन बनाए।
गण्डकीलाई सस्तैमा समेट्ने क्रममा आर्मीको सुसन भारीले सर्वाधिक ५ विकेट लिए।
आजै भएको अर्को खेलमा प्रदेश १ माथि लुम्बिनीले ३९ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले जितका लागि दिएको २९१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले निर्धारित ५० ओभरसम्म पनि खेल्न सकेन र ४६ ओभरमा अलआउट हुँदै २५१ रनमै समेटियो।
प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ७४ र अंकित सुवेदीले ५२ रन जोड्दा निरज मुखियाले ४६ रन जोडे। हारसँगै प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam