बिहारबाट आएका धनुषाका संक्रमित, प्रदेशमा १ सय ३५ संक्रमित।
राजन झा , जनकपुरधाम ।
प्रदेश २ को धनुषामा संक्रमितको संख्या ८ पुगेको छ । सोमवार नै ३ जना थप संक्रमित भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउंसो १ र राति थप २ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।
यो संगै प्रदेश २ मा संक्रमितको १ सय ३५ र देशभरिमा ३ सय ७६ संख्या पुगेको छ । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाका अनुसार सोमवार राति पुष्टि भएका धनुषाका दुवै संक्रमित नगराइन नगरपालिकाको गंगुली स्थित प्रादेशिक क्वारेन्टाइनमा रहेका थिए ।
संक्रमित दुवैजना जनकपुरधाम उपमहानगरपालिकाका रहेको पुष्टि प्रादेशिक क्वारेन्टाइनका संयोजक सन्तोषकुमार ठाकुरले गरे । उनका अनुसार १ जना ४५ वर्षीय पुरुष जनकपुरधाम उपमहानगरपालिका–६ निवासी हुन् भने अर्का १ जना २१ वर्षीय जनकपुरधाम उपमहानगरपालिका–२१ निवासी हुन् । दुवै जना भारतको बिहारबाट आएको ठाकुरले जानकारी दिए । जेठ १ गते क्वारेन्टाइनमा आएका र २ गते स्वाब संकलनको काम गरिएको ठाकुरले बताएका छन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


