काठमाडौं : काठमाडौं महानगरले सरकारी विद्यालयबाट ट्राफिक सचेतना कार्यक्रम थाल्ने भएको छ।
महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा आज उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक मीरा चौधरीसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो।
‘हामी विद्यार्थीलाई जीवनोपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत् उनीहरूको चौतर्फी विकासका काम अगाडि बढाइरहेका छौँ‚’ कार्यक्रमबारे उपप्रमुख डंगोलले भनिन्, ‘विद्यार्थीले पाएको सीप र ज्ञानबाट परिवार र समाज पनि लाभान्वित हुनेछ। विद्यार्थी सूचनाका संवाहक हुन्। उनीहरूबाट छिटो परिवर्तन ल्याउन सकिन्छ।’
विद्यालयहरूमा सञ्चालन गरिने सचेतना कार्यक्रमबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा दीर्घकालीन सकारात्मक प्रभाव देखिने विश्वास प्रहरी नायव महानिरीक्षक चौधरीले व्यक्त गरिन्। उनले भनिन्, ‘महानगरसँग नतिजामूलक सहकार्यको थालनी भएको छ।’
सचेतना कार्यक्रमको पहिलो चरणमा सामुदायिक विद्यालयहरूमा कक्षा सञ्चालन हुने छन्। महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीकाअनुसार प्रार्थना हुने समयमा सबैका लागि पहिलो कक्षा चलाइनेछ।
त्यसपछि रुची र उमेरका आधारमा माथिल्ला कक्षाका विद्यार्थीलाई ट्राफिक स्वयम्सेवकसम्बन्धी शिक्षा र ज्ञान दिइनेछ। यसरी सैद्धान्तिक कक्षा लिइसकेका विद्यार्थीलाई स्वयम्सेवकका रुपमा सडकमा प्रयोगात्मक सीप सिकाइनेछ।
सरकारी विद्यालयबाट शुरु हुने कार्यक्रम निजी विद्यालयहरूमा पनि विस्तार गर्ने लक्ष्य छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam