जनकपुरधाम : सत्ता गठबन्धनबाट धनुषा ३ खबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहले पाँच वर्षसम्म आफूले सांसद्का रुपमा सदनमा निरन्तर मधेश प्रदेशको हितका लागि आवाज उठाएको बताएका छन्।  अबको समयमा पनि मतदाताहरूलाई भ्रममा पारेर कसैले चुनाव जित्न नसक्ने र वास्तविकतामा आफूले चुनाव जित्ने उनले दाबी गरे।

साहले भने, ‘अब मतादाताहरुलाई भ्रमित पार्न सकिँदैन। मतदाताहरुले को सही नेतृत्वकर्ता र को अवसरवादी भनेर छुट्याउन सक्नु हुन्छ । उहाँहरुले आफ्नो दुःखसुखमा काम लाग्ने नेतालाई छान्नुहुन्छ । निर्वाचनको समयमा आएर मात्र जनताको घरघर पुग्नेलाई उहाँहरुको मत पर्दैन।’

 सही नेतृत्वकर्ताको पहिचान गरेर भोट हाल्न मतदाताहरुसँग साहले आग्रह गरे। उनले नेतृत्वमा रहेर जनताको दुःखसुखमा काम लाग्ने, जनताको सेवामा निरन्तर खट्ने र विकास निर्माणको कामलाई प्राथमिकता दिने उम्मेदवारलाई चुनेर संसद्मा पठाउन मतदाताहरुसँग अपिलसमेत गरे।

उम्मेदवार साहले बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ मा पाँच दलीय गठबन्धनको कार्यालय उद्घाटन गर्दै मुलुकमा व्याप्त समस्या समाधानका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे।

TOP