काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा गर्दैछ।
दिउँसो १ बजे हुने सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ। सभामा अभिनेतृ मनिषा कोइरालाले समेत सम्बोधन गर्ने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
कोइरालाले उनले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको चुनावी अभियानमा सक्रिय हुन घर फर्किन लागेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएकी थिइन्।
मंसिर ४ हुन लागेको निर्वाचनमा राप्रपाले प्रतिनिधिसभातर्फ १३ र प्रदेश सभाका लागि ३० उम्मेदवार उठाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam