नेपाली मितिअनुसार मंसिर ४ बाट सुरु हुने कतार विशवकपका लागि दाबेदार स्पेन र नेदरल्याण्ड्सले राष्ट्रिय टिम घोषणा गरेका छन्।
स्पेनले म्यानचेस्टर सिटीका स्टार द्वय एमेरिक लापोर्टे र रोड्रि स्पेनिस टिममा राख्दै २६ सदस्सीय टिम घोषणा गरेको हो। तर प्रशिक्षक लुइस इनरिकले लिभरपुलका मिडफिल्डर थियागो अल्काटारा र युनाइटेडका गोलरक्षक डेभिड डी गा भने स्पेनिस टिममा राखेन।
त्यस्तै एथलेटिको बिलवाओका विंगर निको विलियम्सले टिममा डेब्यु गर्ने छन्। त्यस्तै फेरान टोरेस तथा चेल्सीका पुर्व स्ट्राइकर अलभारो मोरटाले पनि कतार भ्रमण गर्ने छन्।
समूह ई मा रहेको स्पेनले जर्मनी र कोस्टारिका र जापानसँग प्रतिस्पर्धा गर्ने छ। कोस्टारिकासँग २३ नोभेम्बरमा प्रतिस्पर्धा गर्दै स्पेनले विश्वकप यात्रा सुरु गर्ने छ।
त्यस्तै नेदरल्याण्ड्सले पनि राष्ट्रिय टिम घोषणा गरेको छ। प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन्।
टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच अटाएनन्। राइजिङ स्टार जाभी सिमोन्सले भने टिममा समावेश छन्। समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा सेनेगलसँग खेल्दै विश्वकप सुरुवात गर्ने छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam