म्याग्दी : धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने धौलागिरि हिमालको आधार शिविरमा ३९ दिनदेखि २ वटा घोडा अलपत्र अवस्थामा छन्।
हिमाल आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेका ४५ घोडाखच्चड असोज १७ गते हिउँले पुरिएर मरेका थिए। ३९ दिनदेखि आधार शिविरमा अलपत्र परेका दुई घोडाको उद्धार अहिलेसम्म हुन सकेको छैन।
भोकभोकै परेपछि आहाराको खोजीमा आसपासका क्षेत्रमा जाने, मरेका घोडा खच्चडलाई नै खाने गरेको त्यहाँ पुगेर फर्किएका पर्यटन व्यसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। ‘खान नपाएर र चिसोले गर्दा मर्ने अवस्थामा छन्। घोडालाई ल्याउने प्रयास गरिए पनि हिउँका कारण समस्या भएको छ’, उनले भने। आरोही र भरियासँग बाँकी रहेको खानेकुरा दिने गरे पनि त्यो पर्याप्त नभएको उनले बताए ।
आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालमा थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र सांग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका थिए ।
दशैँमा भिषण हिमपातले अलपत्र भरिया र पर्यटकलाई उद्धार गरिए पनि घोडाखच्चड अलपत्र परेपछि आहारको अभावमा केही भोकभोकै मरेर अहिले २ वटा बाँकी रहेको पर्यटन पथप्रदर्शक बताउँछन्।
अलपत्र अवस्थामा रहेका घोडाको उद्धार गर्न सम्बन्धित ट्रेकिङ कम्पनीले समेत चासो देखाएको छैन। पशु अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्था र अधिकारकर्मीको नजरमा समेत धौलागिरी बेसमा रहेका जीवित घोडामा नजर पुग्न सकेको छैन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam