मुख्य प्रतिस्पर्धी मानिएका तीन दलद्धारा कृष्णनगरमा चुनावी सभा
कपिलवस्तु । कपिलवस्तु क्षेत्र न ३ मा मुख्य प्रतिस्पर्धी मानिएका तीन दलले कृष्णनगरमा चुनावी सभा सम्पन्न गरेका छन । लोकतान्त्रीक वाम गठवन्धन , नेकपा एमाले , जनता प्रगतीशिल पार्टि नेपालले कृष्णनगर वजारमा चुनावी सभा सम्पन्न गरेका हुन । चुनावी सभालाई पार्टिका नेता एवम उम्मेदावरहरुले संवोधन गरेका थिए । गठवन्धका प्रतिनिधि सभा सदस्य उम्मेदावर अभिषेक प्रताप शाहले नेकपा एमालले नागरिकतामा राजनीती गरेकाले मत माग्ने नैतिकता गुमाएको वताएका छन ।
उनले नेपालमा धेरै युवाहरु नागरिकतावाट वन्चीत हुदा उनीहरुको सम्पुर्ण अधिकार गुमेको भन्दै नागरिकतामा एमालेले राजनीती गरेको आरोप लगाएका छन । शाहले कसैको भडकाउ र प्रलोभनमा परेर मतको दुरुपयोग नगर्न मतदातालाई आग्रह गरेका छन । तीन पटक सम्म भारी मत सहित विजय गराएका जनताले यसपटक पनि आफुलाई जिताउनेमा कुनै संका नरहेको वताएका छन । यस्तै नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदावर मंगल प्रसाद गुप्ताले यसपाली ३२ हजार भन्दा माथि मत ल्याएर विजयी हुने दावी गरेका छन ।
०७४ को निर्वाचनमा सवै क्षेत्रवाट मत प्राप्त गर्न नसकेर पराजीत भएको स्मरण गर्दै गुप्ताले यसपाली एमालेको संगठन सवै तिर राम्रो भएकाले निर्वातन जित्ने दावी गरेका हुन । यता जनता प्रगतीशिल पार्टिका उम्मेदावर ईश्वर दयाल मिश्राले कपिलवस्तु क्षेत्र न ३ मा विकास गर्न सक्ने एकमात्र व्यक्ति आफु भएकाले निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको वताएका छन ।
क्षेत्र न ३ मा विकासका धेरै काम गर्नुपर्ने भन्दै त्यो आफनो जित पछि पुरा हुने वताएका हुन । प्रतिनिधि सभा तर्फका उम्मेदावरहरुले आ आफनो जित सुनिश्चित रहेको दावी गरिरहेको वेला प्रदेश सभा तर्फका उम्मेदावरहरु पनि निर्वाचन जित्ने विश्वस्त रहेको वताएका छन ।
चुनावी सभालाई गठवन्धनवाट प्रदेश सभा तर्फका उम्मेदावर विरेन्द्रकुमार कनौडिया र एसहान अहमद खांले संवोधन गरेका थिए , यस्तै एमालेका रजाऊ मुस्लमान र जनता प्रगतीशिल पार्टिका मिर्चा राशिद वेग आ आफनो चुनावी सभामा संवोधन गरेका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam