काठमाडौं : भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ। सुरक्षित, व्यवस्थित एवं भयरहित वातावरणमा निर्वाचन गराउन ७२ घण्टा सीमानाका बन्द गर्ने निर्णय भएको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठकले भारत बिहार राज्यको मधुवनीस्थित जयनगरमा बसेको समितिको बैठकले नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए।
दुवै देशका सुरक्षा अधिकारीको सहभागिता रहेको बैठकमा खुला सीमा नाकाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले मंसिर ४ गते हुने मतदानको ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए।
बैठकमा दुवै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध ओसारपसार लगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा छलफल भएको उनले बताए। बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डीएम अरविन्दकुमार बर्माले गरेका थिए।
बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, भन्सार कार्यालयका प्रतिनिधि र भारतको तर्फबाट मधुवनी जिल्लाको मजिस्ट्रेट (डीएम) तथा भन्सार कार्यालयका प्रतिनिधि सहभागी थिए।
मधेश प्रदेशका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam