एजेन्सी । जी–२० सम्मेलन चलिरहँदा रुसले युक्रेनको राजधानी किभ, लविभ र खार्किभ शहरमा आक्रमण गरेको छ।
किभमा भएको आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। यहाँ दुईवटा भवन क्षतिग्रस्त भएको बताइएको छ। युक्रेनी अधिकारीका अनुसार रुसले सबैभन्दा पहिले किभमा विस्फोट गराएको थियो।
त्यसपछि पश्चिमी शहर लविभ हुँदै उत्तरपूर्वी सहर खार्किभमा रुसले हमला गरेको थियो। उत्तरी शहर जाइटोमिरमा पनि आक्रमण भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। युक्रेनको रक्षा मन्त्रालयका सल्लाहकारले रुसले करिब ७० मिसाइल प्रहार गरेको दाबी गरेका छन्।
विश्व नेताहरू अहिले इण्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलनका लागि भेला भएका छन्। उनीहरूले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गरेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam