ताप्लेजुङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा चुनावी सभामा सम्बोधन गर्ने भएका छन्।
सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउन लागेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए।
सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभामा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. गंगालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा खोटाङको दिक्तेल बजारमा पनि चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ। सभामा अध्यक्ष दाहालसँगै कांग्रेस प्रवक्ता महत र नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव तुलाधरले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिका संयोजक टंकबहादुर थापाले जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam