विराटनगर : भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ ।
भोजपुरको पौवादुम्मा गाउँपालिका तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभामा विस्फोट भएको हो। सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम थियो।
प्रचण्ड कार्यक्रम स्थल पुग्नु केहीबेरअघि मात्रै विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी एक जना घाइते भएका छन् ।
घाइते भोजपुर चरंवीका सुमन श्रेष्ठ रहेका प्रहरीले जनाएको छ। उनी विप्लव नेकपाका कार्यकर्ता भएको र बम उनैले बोकेको हुनसक्ने प्रहरीको आशंका छ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam