माधव बेलवासे, कपिलवस्तु : मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु जिल्लाबाट प्रदेशसभा सदस्यमा प्रहरीका पूर्व उच्च अधिकारीदेखि अन्तरराष्ट्रिय खेलाडीसम्म चुनावी मैदानमा होमिएका छन्।
नाम कहलिएका पूर्वएसएसपी विक्रमसिंह थापादेखि क्रिकेटका पूर्वखेलाडी फैजल खाँसम्मले राजनीतिक यात्रा शुरु गरेका छन्। शान्ति सुरक्षा र अपराध अनुसन्धानमा अब्बल काम गरेका थापा र मुलुकका लागि देश विदेशमा खेलेर नाम राखेका क्रिकेटर खाँ जनताबाट अनुमोदित हुन मैदानमा उत्रिएका छन्।
पहिले क्षमता, सीप र टेक्निकले काम गरेर अब्बल ठहरियौँ, अब जनताका बीचमा बसेर सेवा गर्न मन लाग्यो। त्यही भएर तपाईंहरूको माया चाहिएको छ भन्दै उनीहरू घरदैलो पुगिरहेका छन्। फरक पृष्ठभूमिबाट आएका दुवैलाई राजनीति भने नौलो बनेको छ।
१३ जना प्रतिस्पर्धी रहेको कपिलवस्तु क्षेत्र २ (क) मा वाम-लोकतान्त्रिक गठबन्धनबाट ६० वर्षीय थापा काँग्रेस उम्मेदवार बनेका छन्। १८ जना प्रतिस्पर्धी रहेको क्षेत्र १ (ख) मा नेकपा एकीकृत समाजवादीबाट २९ वर्षीय खाँ चुनावी मैदानमा छन्।
दुवै प्रतिस्पर्धी जीत निकाल्न मतदाता फकाउन व्यस्त छन्। ‘कतिपय ठाउँमा सहज हुन्छ,’ थापाले भने, ‘कतिपय ठाउँमा गुनासो सुन्नु पर्छ।’ पहिलेका जनप्रतिनिधिले काम नगरेको मतदाताको आक्रोशलाई पनि सम्बोधन गर्दै जानु परेको उनले बताए।
कृषिलाई व्यवसायीकरण गरेर उद्यमका रूपमा विकास गर्ने स्पष्ट खाका बनाएको थापाको भनाई छ।
खाँले वैदेशिक रोजगारीका नाममा भइरहेको युवा पलायन रोक्न पहिलो काम गर्ने बताए। स्वास्थ्य र शिक्षाका आधारभूत आवश्यकतालाई निःशुल्क बनाउँछु‚’ उनले भने‚ ‘यसले स्थानीयका धेरै माग सम्बोधन हुन्छ। स्वास्थ्य, शिक्षा र रोजगारी भए जनता त्यसै खुशी हुन्छन्।’
काठमाडौँ, ललितपुरका साथै रुपन्देहीलगायत तराईका पनि धेरै जिल्लाको सुरक्षा कमान्ड सफलतापूर्वक सम्हालेर चर्चा कमाएका थापाले प्रहरीको सबैभन्दा ठूलो पूर्ण शान्ति पुरस्कारसमेत पाएका छन्। उनी कपिलवस्तुमा प्रहरी प्रमुख उपरीक्षक हुँदा राम्रो काम गरेर लोकप्रिय भएका थिए।
खाँ क्रिकेट छोडेर उनी राजनीति थालेका हुन्। उनी ६ वर्षअघि नेकपा एमालेमा प्रवेश गरेका थिए। खाँ यू-१९ का अन्तरराष्ट्रिय खेलाडी हुन्।
उनी सन् २०११ देखि २०१६ सम्म अन्तरराष्ट्रिय खेल खेल्न थाइल्याण्ड, मलेसिया र अस्ट्रेलियालगायत मुलुक पुगेका थिए। ‘क्रिकेट खेलेर जसरी चिनिएँ त्यसरी नै राजनीतिमा काम गरेर नाम राख्छु,’ उनले भने ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam