काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मंसिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मंसिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो। निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हालको मौसमी विश्लेषणअनुसार निर्वाचनका दिन मौसम सफा रहने महाशाखाका मौसमविद् हीरा भट्टराईले बताइन्।
‘मौसम बदली आज मात्रै हो निर्वाचनका दिन मौसम सफा रहने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली भेगका थोरै क्षेत्रमा हल्का हिमपातको सम्भावना छ’, उनले भनिन्।
महाशाखाले जारी गरेको प्रारम्भिक मौसम पूर्वानुमान अनुसार मंसिर २ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
मंसिर ३ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाले भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने सभवना छ। सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी मंसिर ४ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गरिने महाशाखाले उल्लेख गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam