पर्सिदेखि हुने यान्त्रिक परीक्षण उडानको लागि एरो थाइ कम्पनीको जहाज पोखरामा
कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्सि सोमबार हुने क्यालिब्रेसन अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाइ कम्पनीको जहाज पोखरा विमानस्थलमा पुगेको छ ।
विमान पोखरा आइपुगेको र पर्सि सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक परीक्षण उडान गर्ने तयारीमा रहेको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो । विमानस्थल सञ्चालनअघि विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणहरुले सही रुपमा काम गर्छन् कि गर्दैनन् भनेर जाँच गर्नको लागि यान्त्रिक परीक्षण उडान गरिन्छ ।
क्यालिब्रेसन उडानका लागि पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको रिठेपानी डाँडा कटानको काम पनि भएको प्रमुख मुनकर्मीले बताउनुभयो ।
क्यालिब्रेसन प्लाइटको समयमा नियमित उडान प्रभावित हुने छन् । क्यालिब्रेसन उडान सकिएपछि एरो थाई कम्पनीले दिने प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान र अवतरण गर्न सक्ने छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam