काठमाण्डौमा ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रदर्शनी शुरु
काठमाण्डाै – काठमाण्डौमा ‘नेपालका देवीदेवताहरु’ नामक कला प्रर्दशनी सुरु भएको छ । नेपाल कला परिषद र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा आइतबारबाट प्रर्दशनी सुरु भएको हो । परिषद् भवनमै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गर्नुभएको प्रर्दशनी यही मंसिर २५ गतेसम्म चल्नेछ । प्रदर्शनीको मुख्य उद्देश्य नेपालको हिन्दु धर्म र बौद्ध धर्मबारे विश्वलाई जानकारी गराउनु रहेको नेपाल कला परिषदका अध्यक्ष सागरशमशेर जबराले बताउनुभयो ।
प्रर्दशनीमा एक सय ५० वटा नेपालका देवीदेवताका मूर्ति तथा चित्रकला अवलोकन गर्न सकिनेछ । प्रर्दशनीमा बोल्दै काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाण्डौलाई कलाहरुको हबको रुपमा विकास गर्ने योजना आफूहरुले बनाएको बताउनु भयो । उहाँले नेपालको कला क्षेत्रको विकासका लागि काठमाण्डौ महानगरपालिकाले नेपाल कला परिषदसँग मिलेर काम गर्न सुरु गरेको समेत बताउनु भयो ।
प्रर्दशनीमा एक सय ६० जना कलाकाहरुले बनाएका कलाकृतिहरु राखिएका छन । नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनीले नेपालको कलात्मक सम्पदाको संरक्षण हुने विश्वास आयोजकको रहेको छ । प्रदर्शनीमा विभिन्न विषयमा गोष्ठिहरु समेत हुनेछन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam