सोलुखुम्बु : एक महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणका लागि १३ हजार बढी पर्यटक खुम्बु क्षेत्र आइपुगेका छन्। कात्तिक महिनामा मात्र खुम्बु क्षेत्रको भ्रमणका लागि १३ हजार १५८ जना पर्यटक खुम्बु आइपुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ।
खुम्बु पुगेकामध्ये नेपाली एक हजार ५ जना, सार्क क्षेत्रका ७८६ जना र अन्य देशका १० हजार ८७२ जना छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले एक महिनामा दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ।
निकुञ्जले कात्तिक २ करोड ७९ लाख ६४ हजार ७४५ रुपैयाँ राजस्व संकलन गरेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जले तेस्रो मुलुकका विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार, सार्क मुलुकका पर्यटकबाट १ हजार ५ सय, नेपाली पर्यटकबाट १०० रुपैयाँ र भरियाबाट २५ रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ।
वि.सं. २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ। यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कु लगायत्का हिमचुचुरा छन्।
सन् १९७९ मा निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो। निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचिमा समावेश गरिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam