एमालेको नेतृत्वविना देशले निकास पाउन्न : विष्णु पौडेल
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको नेतृत्वविना देशले सही निकास पाउन नसक्ने बताए । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै पौडेलले वहुमत नपाएपनि एमालेले सरकारको नेतृत्वका लागि अधिकतम पहल गर्ने बताए । पौडेलले निर्वाचनबाट कसैको वहुमत नआउनु देशका लागि दुर्भाग्यपुर्ण भएको बताएका छन् ।
कुनै दलको वहुमत नआउंदा मुलुक अस्थिरताको चक्रव्युहमा फस्ने खतरा रहेको पौडेलको भनाई थियो । राजनीतिक स्थायित्व,विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएपनि सत्ता गठबन्धनको चौतर्फी घेराबन्दीका कारण एमालेको वहुमत आउन नसकेको पौडेलले बताए ।
एमालेका शीर्ष नेताहरुलाई पराजित गर्ने योजना रहेपनि त्यो प्रयास सफल नभएको बताए । ‘एजेण्डाका हिसाबले एमालेले वहुमत पाउनुपर्ने हो तर पाएन’–पौडेलले भने । पौडेलले रुपन्देही २ का मतदाताको सल्लाह सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिवद्धता जनाए ।
पौडेलले अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि पराजित भएको महसुस नगर्न आग्रह गर्दै आफु सबैको साझा जनप्रतिनिधि भएर कसैप्रति दुरी नराखी समदुरी राखेर व्यवहार गर्ने बताए । पौडेलले निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सञ्चार क्षेत्रले खेलेको भूमिकाको अविस्मरणीय रहेको भन्दै सराहना गरे ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam