बागलुङ : ‘अहिलेसम्म मैले आठ पटकसम्म चुनावमा भोट हालेको थाहा पाउँछु, कति चुनावमा मैले भोट दिएका नेताले जिते। तर हामी जनताले कहिल्यै जितेनौँ’, निसीखोला गाउँपालिका–६ की वीरमाला विकको गुनासो। ७९ वर्षीया विकले अहिलेसम्म धेरै नेतालाई जिताए पनि गाउँमा विकास हुन नसकेको गुनासो गरिन्।
विकले गाउँमा अहिले पनि राम्रो स्वास्थ्य, शिक्षा, सडक र विद्युतको पहुँच नपुगेको भन्दै कुनै पनि नेताले ध्यान नदिएको बताइन्। पटक–पटक धेरै नेताले जित्दा पनि गाउँको मुहार फेरिन नसकेको उनले बताइन्। ‘हाम्रो गाउँ ठाउँ पहिलेदेखि नै दुर्गम हो, अहिले पनि धेरै परिवर्तन आएको छैन। चुनावमा नेतालाई जिताएर मात्रै के गर्नु?’, उनले भनिन्, ‘चुनावका वेला गर्ने वाचाअनुसार काम गरेको भए हामी किन अहिले पनि पछि पर्थ्यौँ होला!’
चुनावका वेला नेताहरूले अनेक आश्वासन दिएर मत माग्ने तर जितेपछि गाउँका दुःख, समस्या र आवश्यकता बुझ्न नसकेको विकले बताइन्। गाउँमा विकास नहुँदा धेरै जसो स्थानीयले बसाइँसराइ गरिरहेको उनको भनाइ छ। ‘गाउँमा खानेपानीको राम्रो सुविधा छैन, स्कुल पनि राम्रा छैनन्, पढाइ गतिलो हुँदैन, सडकमा ट्याक्टर पनि राम्रोसँग गुड्न सक्दैन’, उनले भनिन्, ‘त्यसैले गाउँका मान्छेसुविधा खोज्दै बजार तिर झरे, गाउँमा त हामी गरिब दुःखी मात्रै रह्यौँ।
अर्का स्थानीय मनिराम घर्ती मगरलाई पञ्चायत कालदेखि नै मतदान गरेको अनुभव छ। धेरै व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिन नसकेको उनी बताउँछन् । गाउँमा अहिले पनि कोही बिरामी भए उपचारका लागि टाढा जानु पर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘मैले पञ्चायत कालमा पनि भोट हालेको थिएँ। उतिवेला अहिलेको जस्तो व्यवस्था थिएन, अहिले त देशमा संघीयता आयो, स्थानीय सरकार छ। तर गाउँमा न अस्पताल छ न त, गुणस्तरीय शिक्षा दिने द्यिालय।’ गरिब, दुःखीको अवस्था झन्–झन् कमजोर बन्दै गएको उनले बताए।
आफू भोट दिएर सांसद बनेकाहरुले जितेर गएपछि गाउँ फर्किएर नआउने गरेको उनको गुनासो छ । गाउँमा रोजगारको अवसर नहुँदा दिनप्रतिदिन युवा विदेश पलायन हुँदा गाउँ रित्तिएको उनले बताए। बजार झरेर लाखौँ खर्च गरेर पढेका युवा पनि काम खोज्दै बाहिरीनु परेको घर्ती मगर बताउँछन् ।
‘गाउँमा राम्रो शिक्षा छैन, राम्रो शिक्षा लिन बजारमै जानु पर्छ, बजारमा बसेर पढ्दा लाखौँ खर्च हुन्छ, लाखौँ खर्च गरेर पढे पनि देशमा रोजगार छैन’ उनले भने ‘त्यसैले युवा दिनदिनै काम खोज्दै साउदी, कतार भौँतारिनु परेको छ, खै यता नेताको ध्यान पुगेको?, चुनावका वेला भोटका लागि जनता चाहिने, अरु बेला हामी नचाहिने भयो।’
स्थानीय पुतली नेपालीले पहिलेको तुलनामा गाउँमा केही परिवर्तन आए पनि जनताको आवश्यकता अनुसार विकास हुन नसकेको बताइन् । उनँले जनताको आवश्यकता सडक, बिजुली, स्वास्थ्य उपचारको सहज पहुँच रहेको भन्दै अहिलेसम्म आफ्नो गाउँमा यसको पहुँच पुग्न नसकेको बताइन् ।
‘चुनाव आउँदा नेताहरू धेरै आश्वासन बाँड्छन्, चुनाव जितेपछि एक पटक पनि फर्किएर गाउँको अवस्था बुझ्न आउँदैनन्। गाउँमा के समस्या छ, कसरी समाधान गर्न सकिन्छ भन्नेतर्फ उनीहरूको ध्यान छैन’, उनले भनिन्, ‘धेरै नेता जिताएर पठायौँ, तर उनीहरूले गाउँ र जनताका लागि केही गर्न सकेनन्। नेताले जितेका जित्यै छन्। हाम्रा समस्या ज्यूँकात्यूँ छन्।’
उनले वर्षौँदेखि गाउँमा खानेपानीको हाहाकार हुँदा पनि जनप्रतिनिधिले वास्ता नगरेको बताइन्। यो पटक पनि भोट माग्न आउने नेताले गाउँलेको समस्या समाधान गर्ने बाचा गरेको नेपाली बताउँछिन् ।।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam