दाङ : जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ६४ जना उम्मेदवारको जमानत जफत भएको छ। सदर मतको १० प्रतिशत मत नल्याउने ६४ उम्मेदवारको जमानत जफत भएको हो।
सम्बन्धित क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत उम्मेदवारले प्राप्त नगरेको खण्डमा जमानत जफत हुने कानुनी प्रावधान छ। यसरी जमानत जफत हुनेमा ७ जना महिला र ५७ जना पुरुष उम्मेदवार छन्।
जमानत जफत हुनेमा सबैभन्दा धेरै दाङ क्षेत्र नं. ३ का उम्मेदवार रहेका छन्। जहाँ प्रतिनिधिसभा तर्फ १३ जना र प्रदेशसभा तर्फ १५ जना उम्मेदवारको जमानत जफत भएको छ।
त्यसैगरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फ १२ जना र प्रदेशसभा तर्फ ७ जनाको जमानत जफत भएको छ। दाङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ ८ जना र प्रदेशसभा तर्फ ९ जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि स्वतन्त्र र दलका गरी ८९ जना चुनावी मैदानमा उत्रिएका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam