मस्को : युक्रेनबारेको विवादका कारण रूसले आणविक हतियार नियन्त्रण गर्ने विषयमा अमेरिकासँग हुने कैयौँ बैठक स्थगित गरेको वरिष्ठ रूसी कूटनीतिज्ञले जानकारी दिएका छन्।
रूसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले मंगलबार कायरोमा शुरु हुने भनिएको पूर्वनिर्धारित वार्ता स्थगित गर्ने निर्णय राजनीतिक तहमा गरिएको जानकारी दिए।
उक्त वार्ता स्थगित हुनु अमेरिका र रूसबीच तनावपूर्ण सम्बन्ध रहेको अर्को उदाहरण हो। यसले दुई देशबीच बाँकी रहेका आणविक हतियार नियन्त्रण सन्धिको भविष्यबारे चिन्ता बढाएको छ।
र्याबकोभले मस्कोमा पत्रकारहरूसँग भने, ‘अमेरिकी मित्रहरू हाम्रा संकेतहरू सुन्न र हाम्रा प्राथमिकता बारे छलफल गर्न अनिच्छुक देखिएका छन्। उनीहरू त अझै हाम्रो चाहना विपरीत काम गरिरहेका छन्। हामीले यस्तो कठिन अवस्था सामना गरिरहेका छौँ।’
अमेरिकाले ‘नयाँ स्टार्ट सन्धि’ अन्तर्गत निगरानी पुन: शुरु गर्न चाहेको र रणनीतिक हतियार घटाउने सम्झौता अन्तर्गत हतियारहरूको गणनाको बारेमा विशेष छलफल गर्न रूसको अनुरोधलाई स्थगित गरेको र्याबकोभले दाबी गरे।
अमेरिकी विदेश मन्त्रालयले सोमबार रूसले इजिप्टको राजधानी कायरोमा हुने वार्तालाई एकपक्षीय रूपमा स्थगित गर्ने निर्णय गरेको बताएको थियो। साथै रूसले वार्ताको नयाँ मिति प्रस्ताव गर्ने अपेक्षा गरेको अमेरिकाले उल्लेख गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam