काठमाडौं : स्वरसम्राट नारायणगोपालको ३२औँ स्मृति दिवस। नेपाली संगीतका महान् गायकका रूपमा उनी चिनिन्छन्।
काठमाडौं किलागलमा विक्रम संवत् १९९६ असोज १८ गते उनको जन्म भएको थियो। शास्त्रीय संगीत साधक पिता आशागोपाल गुरुवाचार्यको छत्रछायामा रहेर उनी संगीततर्फ आकर्षित भएका थिए। तर शास्त्रीय संगीत छाडेर आधुनिक गीततर्फ लागेपछि आशागोपाल उनीसँग रुष्ट भए। तर बुबाकै इच्छा पूरा गर्न नारायणगोपालले पछि भारतको बरोडा गएर शास्त्रीय संगीत सिके।
२० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका थिए। ३० वर्ष लामो गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन्। आधुनिक गीतका साथै उनले केही चलचित्रमा समेत गाएका छन्।
सांस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए।
दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, याञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए। योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए।
नारायणगोपालले ‘एउटा मान्छेको मायाले कति’, दुईटा फूल द्यौरालीमा’, ’पोखिएर घामको झुल्का’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मेरो बेहोसी आज’, मेरो आँखालाई राख्ने’, श्रद्धाको फूल चढाइदिनु, ‘स्वर्गकी रानी मायाकी खानी’, ’ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ लगायत कालजयी गीत गाएका छन्।
भक्तराज आचार्य, फत्तेमान, अरुणा लामालगायतलाई समेत आफ्नो संगीतमा गाउन लगाएका उनको संगीतमा रामकृष्ण ढकालले गाएको ‘माया गर्नेको चोखो माया पनि देखियो’ चर्चित रह्यो। यो गीत सुरुमा नारायणगोपाल आफैँले गाए पनि रेकर्डिङ गर्न नपाउँदा उनको निधनपछि ढकालले स्वर दिए। यसलाई नारी स्वरमा लोचन भट्टराईले समेत गाएकी छिन्।
नारायणगोपालको निधन २०४७ मंसिर १९ गते भयो। गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाएका उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट, तेस्रो प्रदान गरिएको थियो।
दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायणगोपाल निःसन्तान रहे। पेमलाको पनि निधन भइसकेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam