काठमाडौं : नेकपा एमालेको प्रतिनिधिसभाको समानुपातिकतर्फ २८ लाख मत कटाएको छ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ एक करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत पाएको हाे।
नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ मत पाएको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ ।
आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत प्राप्त गरेको छ। जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ र जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत प्राप्त गरेका छन्।
नेकपा एकीकृत समाजवादीले २ लाख ९५६ हजार ९० मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० मत पाएका छन्।
यस्तै नेपाल मजदुर किसान पार्टीले ७५, हजार ७९ प्राप्त गरेको छ। राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०४ प्राप्त गरेको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam