अनधिकृत ठेला र पार्किङ व्यवस्थापनमा शिवराजका मेयर थापा

राम अवतार चाैधरी, कपिलवस्तु

कपिलवस्तुकाे शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बजार क्षेत्रमा अतिक्रमित सडक पेटी, अनधिकृत ठेलागाडा र पार्किङ व्यवस्थापनमा उत्रिएका छन् । मुख्य व्यापारिक केन्द्रकाे रुपमा रहेकाे चन्द्रौटा बजार क्षेत्रमा जथाभावी फुटपाथ व्यापारीले ठेला पसल, पार्किङ्गमा राखेका सवारीलाई व्यवस्थापन गर्न उनी लागेका हुन् ।

गर प्रमुख थापाले ट्राफिक र नगरपालिकाको टिमसँगै बजारलाई व्यवस्थापनमा जाेड दिएकाे नगरपालिकाले जनाएको छ । बुधबार नगरले बजार क्षेत्रमा जथाभावी पार्किङले दुर्घटना बढाउने र बजार अव्यवस्थित बनेको भन्दै नगर प्रमुख थापा, ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे, जिल्ला ट्राफिक प्रहरीले बजारमा पार्किङ्ग व्यवस्थापनमा तीव्रता दिएकाे हाे । चन्द्रौटा बजारमा सवारी साधन पार्किङ गर्न निश्चित ४ ठाउँ समेत ताेकिएकाे जनाइएको छ ।

नगर प्रमुख थापाले बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना बढ्दै गएको भन्दै मोटरसाइकल, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन पार्किङका लागि निश्चित ठाउँ ताेकिएकाे बताए । जथाभावी पार्किङ्ग गर्नेलाई कारवाही गरिने जनाउँदै एक पटकमा तोकिएको ठाउँमा दुई बस, अटाे रिक्सा ४ ओेटा मात्र पार्किङ्ग गर्न पाइने उनले बताए ।

पार्किङ्गलाई व्यविस्थत गर्न सवारी मार्किङ गरिएको प्रमुख थापाकाे भनाइ छ । नगरले व्यवस्थित पार्किङ्गका लागि सडक पेटीमा राखिएका व्यवसायीहरुलाई ठेला पसल हटाउन गत १४ गते सात दिनभित्र हटाउन सूचना प्रकाशित गरिएकाे थियाे ।

TOP